बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

तिलोत्तमास्थित तिनाउ नदीमा अर्को पुल निर्माण हुँदै

सोमबार, १७ माघ २०७८, १२ : ०८
सोमबार, १७ माघ २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक निमार्णको कामसँगै पुल निमार्णलाई पनि तीव्रता दिएको छ ।  केही वर्षयता तिनाउ र दानव नदी क्षेत्रका विभिन्न ठाउँमा धमाधम पुल बनिरहेका छन् । पछिल्ला तीन वर्षमा सो नदीमा ७ वटा पुल बनेका छन् । सोही सिलसिलमा तिनाउ नदीमा फेरि अर्को पुल निर्माणको काम सुरु भएको छ ।

तिलोतमा ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिका–१७ हरिहरपुरसँग जोडिने गरी तिनाउ नदीमा पुल निर्माणको काम सुरु भएको हो ।  दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० करोड ६४ लाख लागतमा पुल निर्माण सुरु भएको हो । २ सय मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुलमा साढे ३ मिटर फुटपाथका लागि छुट्टाइएको छ ।

उक्त पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई आउजाउमा निकै सहज हुने तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताए । पुलको निर्माणको ठेक्का शर्मा–सगुन जेभीले लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुशील बुढाथोकीले तोकिएको समयभन्दा अघि नैं पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताएका छन् । पुल निर्माणले बुटवल–तिनाउ पारी र तिलोत्तमाका स्थानीय आवत जावतमा सहज भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप