शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

होल्डरको चार बलमा चार विकेट, वेस्ट इन्डिजलाई शृङ्खला

सोमबार, १७ माघ २०७८, ११ : ०१
सोमबार, १७ माघ २०७८

जेसन होल्डरले अन्तिम चार बलमा चार विकेट लिएपछि इंग्ल्याण्ड अन्तिम टी–२० खेलमा १७ रनले पराजित भएको छ । योसँगै वेस्ट इन्डिजले ५ पाँच खेलको टी–२० शृङ्खलामा ३–२ ले कब्जा जमाउन सफल भएको छ । अन्तिम ओभरमा जीतका लागि २० रन आवश्यक भएकोमा होल्डरले साम बिलिङ्गस, क्रिस जोर्डन र अदिल रसिदलाई क्याच आउट गरेका थिए भने सकिब महमुदलाई बोल्ड आउट गरेका थिए ।

निर्णायक खेलमा टस जितेर वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरेको थियो । टोलीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । कप्तान केरन पोलार्डले नटआउट रहँदै मात्र २५ बलमा ४१ रन बनाए । उनलाई रोभमान पावेलले १७ बलमा ३५ रन बनाउँदै खेलको अन्त्यतिर राम्रो साथ दिए । यसअघि ओपनरद्वय ब्रानडन किङ र कायल मेयरले क्रमशः ३४ र ३१ रन बनाएका थिए । इंग्ल्याण्डका लागि आदिल रसिद र लियाम लिभिङस्टोले २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको इंग्ल्याण्डको सुरुवात राम्रो भएन पहिलो ओभरमा जेसन रोयलाई गुमायो । त्यसपछि जेम्स भिन्सले ५५ रन बनाउँदै टोलीको इनिङ सम्हाले उनलाई साम विलिङ्गसले ४१ रन बनाउँदै साथ दिए । तर अन्तिम ओभरमा होल्डरको घातक बलिङ गरेपछि इंग्ल्याण्ड १९.५ ओभरमा १६२ रनमा अलआउट हुनपुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप