शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

‘पुष्पा’मा यसकारण जोडिएनन् महेश बाबु

सोमबार, १७ माघ २०७८, १० : १८
सोमबार, १७ माघ २०७८

साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ ।

फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो फिल्ममा निर्माताको रोजाईमा अल्लुभन्दा अगाडि अर्का स्टार महेश बाबु थिए ।

निर्माताले यो भूमिकाका लागि सबैभन्दा पहिला तेलुगू स्टार महेश बाबुलाई प्रस्ताव गरेका थिए । निर्देशक सुकुमार महेश नै ‘पुष्पाः द राइज’का लागि उपर्युक्त पात्र हुन् भन्ने कुरामा ढुक्क थिए । त्यसका लागि उनले कैयौं पटक महेश बाबुसमक्ष प्रस्ताव लगेका थिए ।

‘वास्तविकता भन्दा महेश बाबुले एन्टी–सोसियल भूमिकामा अभिनय नगर्ने कसम खाइसकेका छन् । यद्यपि महेश बाबुलाई फिल्मको स्क्रिप्ट निकै मनपरेको थियो । तर उनलाई यो भूमिका आफ्ना लागि उपर्युक्त नहुने लाग्यो । किनकी उनी एन्टी–सोसियल भूमिकामा विश्वास गर्दैनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप