खर्च जुटाउन ‘खाजा घर’ सञ्चालन
पनौती नगरपालिका वडा नं ७ पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयलमा कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल योमरी बनाउन र वितरण व्यस्त छिन् । विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा करिब दुई सातादेखि काममा व्यस्त भएका हुन् ।
पनौती –४ ज्यापाटीका रञ्जिता थोकर पिठो मुछेर योमरी बनाउँदैमा दिनभर व्यस्त हुन्छिन् । शैक्षिक भ्रमण जानका लागि खर्च जोहो गर्न ती काम थालेको उनीहरुको भनाइ छ । विद्यालयद्वारा सञ्चालित सो खाजा घरमा ११ विद्यार्थीले स्वयंसेवकका रुपमा काम गर्दै आएका छन् । उनीहरुको काम योमरी बनाउने, पकाउने, ग्राहकलाई दिने रहेको छ ।
दैनिक रु चार हजारदेखि छ÷सात हजारसम्मको योमरी बिक्री हुने गरेको विद्यालयले जनाएको छ । उनीहरुले आलोपालोमा काम गर्दै आएका छन् । विद्यालयमा कक्षा सात र आठमा अध्ययनरत ५८ विद्यार्थी भ्रमणको तयारी गर्दैछन् ।
कोरोना सङ्क्रमण जोखिमका कारण अहिले विद्यालय बन्द छ । शैक्षिक गतिविधि बन्द रहेको समयमा विद्यालय भवनमा ‘खाजा घर’ सञ्चालन गरेपछि विद्यार्थीको सीप र स्वयंसेवी काममा सहयोग समेत पुगेको जनाइएको । सो विद्यालय पनौती क्षेत्रकै सबैभन्दा पुरानो विद्यालयभित्र पर्ने पनौती – ७ का लक्ष्मीनारायण ख्वाउजुले बताए ।
खाजाघर सञ्चालन गर्न विद्यार्थी मात्रै नभई शिक्षक शिक्षिका पनि उत्तिकै खटिरहेका छन् । प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारको नेतृत्वमा सो काम भइरहेको हो । मकर मेला सञ्चालन अवधिभर सञ्चालन हुने खाजाघरबाट करिब रु ६० देखि ७० हजारसम्म आम्दानी हुने अनुमान गरेको उहाँले बताउनुभयो । विद्यालयमा २४० विद्यार्थी अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती