बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

अव रिलिज हुने यी हुन् ६ भारतीय फिल्म

सोमबार, १७ माघ २०७८, ०८ : ५३
सोमबार, १७ माघ २०७८

कोरोनाको तेस्रो लहरका बीच भारतका फिल्म हल खुल्ने भएका छन् । हल खुल्ने भएपछि धेरै फिल्म फेब्रुअरी महिनामा रिलिजमा आउन लागेका छन् । जसमा अभिनेत्री आलिया भट्टको ‘गंगुबाई काठियावाडी’देखि राजकुमार राव र भूमि पेडनेकरको ‘बधाई दो’ सम्म रहेका छन् । यस्ता छन् फेब्रुअरीमा रिलिज हुन सक्ने फिल्म ।

‘बधाइ दो’ : सुपरहिट फिल्म ‘बधाइ हो’ को सिक्वेलको रुपमा निर्माण भएको हो ‘बधाइ दो’ । हर्षवर्धन कुलकर्णी निर्देशित फिल्ममा राजकुमार राव, भूमि पेडनेकर र चुम दराङ जस्ता कलाकारको मुख्य भुमिका छ । फिल्मको रिलिज ११ फेब्रुअरीमा तय भएको छ ।

गंगुबाई काठियावाडी : पटक पटक रिलिज मिति स्थगित हँुदै आएको फिल्म ‘गंगुबाई काठियावाडी’ फेब्रुअरी २५ मा रिलिज हुँदैछ । सञ्जय लीला भन्साली निर्देशित फिल्ममा आलिया भट्टको मुख्य भूमिका छ । भट्टले फिल्ममा वेश्यालय मालिक मेडम गंगुको भूमिका निर्वाह गरेकी छिन् । पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्वीन्स अफ मुम्बईमा आधारित रहेर फिल्म निर्माण गरिएको हो ।

शाबास मिठु : तापसी पन्नु अभिनित फिल्म ‘शाबास मिठु हलमा रिलिज हुँदैछ । यो भारतीय महिला क्रिकेटर मिताली राजको जीवन र करियरमा आधारित फिल्म हो । ४ फेब्रुअरीमा रिलिज हुने यो फिल्ममा सृजित मुखर्जीको निर्देशन छ । राजले भारतीय महिला क्रिकेट टोलीको दुई विश्वकप – २००५ र २०१७ मा नेतृत्व गरेकी थिइन् । उनी २२ वर्षदेखि क्रिकेट खेलिरहेकी छिन्  ।

खिलाडी : तेलुगु स्टार रवि तेजाको फिल्म ‘खिलाडी’ मा दोहोरो भूमिका छ । फिल्म फेब्रुअरी ११ मा रिलिज हुनेछ ।

हे सिनामिका : दुल्कर सलमान, अदिती राव हैदरी र काजल अग्रवाल अभिनित तमिल फिल्म ‘हे सिनामिका’ फेब्रुअरी २५ मा रिलिज हुँदैछ ।

भीमला नायक : पवन कल्याण अभिनित तेलुगु फिल्म ‘भीमला नायक’ मा राणा दग्गुबतीको पनि अभिनय छ । फिल्म २५  फेब्रुअरीमा हलमा रिलिज हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप