तेजस्वी प्रकाश बनिन् ‘बिग बोस १५’ को विजेता, ट्रफीसँगै पाइन् ४० लाख
सोमबार, १७ माघ २०७८, ०८ : ४०

अभिनेत्री तेजस्वी प्रकाश भारतीय टेलिभिजनको रियालिटी शो ‘बिग बोस १५’ विजेता बन्न सफल भएकी छन् । टप–३ मा पुगेकी तेजस्वीले करण कुन्द्रा र प्रतिक सहजपाललाई हराएर विजेता बन्न सफल भएकी हुन् । उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख (भारतीय रुपियाँ) प्राप्त गरेकी छन् ।
फिनालेमा टप–२ मा तेजस्वी र प्रतिकबीच टक्कर भएको थियो । शोमा भएका सबैले प्रतिकलाई विजेता मानेका थिए । सामाजिक सञ्जालमा समेत प्रतिकलाई विजेता घोषित गरिएको थियो । तर, तेजस्वी विजेता बन्न सफल भइन् । तेजस्वीले ट्रफि जितेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । प्रतिक नै विजयी हुन योग्य भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण