बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अमेरिकी कम्पनी टी मोवाईलले खोप नलगाएका कर्मचारीलाई निस्कासन गर्ने

सोमबार, १७ माघ २०७८, ०७ : २८
सोमबार, १७ माघ २०७८

अमेरिकाको एउटा कम्पनीले कोरोनाविरुद्ध खोप नलगाएका कर्मचारीहरुलाई निस्काशन गर्ने भएको छ । टी मोवाईलले २ अप्रिलसम्म पूर्ण खोप नलगाउनले व्यक्तिलाई निस्काशन गर्ने भएको हो । कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा यस्तो दाबी गरिएको हो ।  २१ फेब्रुवरीसम्म पहिलो डोज लगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राखिने टी मोबाइलका मानव श्रमसाधन प्रमुख डिएनी किङले बताए । 

प्रविधिसम्बन्धी अमेरिकी समाचार संस्था दी भर्जका अनुसार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,, ‘टी–मोवाइलको कार्यलय कोभिड १९ विरुद्ध खोप लगाउनेका लागि मात्र पहुँच योग्य हुनेछ । ’

कर्मचारीहरुको खोप अवस्था याद राख्न कम्पनीले डिजिटल पास प्रणाली प्रयोग गरेको प्रसंगलाई पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यलयका कर्मचारीलाई २ अप्रिलसम्म पूर्ण खोप आवश्यक पर्ने हामीले उनीहरुलाई जानाकारी दिएका छौं ।’ तर, निश्चित भूमिका र स्थानमा केही छुट हुने जनाइएको छ । कार्यलयमा नियमित वा कहिलेकाही काम गर्ने कर्पोरेट कर्मचारीका लागि सो नीति लागु हुने जनाइएको छ । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप