नेवानि सञ्चालक डिमप्रसाद पौडेलसहित ३ जनालाई तत्काल बर्खास्त गर्न माग
नेपाल वायुसेवा निगम (नेवानि) का सञ्चालक डिमप्रसाद पौडेलसहित फुर्बा ग्याल्जे शेर्पा र ईश्वरी पौडेललाई तत्काल बर्खास्ती गर्न नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले सरकारसँग माग गरेको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समितिले निगमलाई ध्वस्त पारी निजी क्षेत्रलाई सुम्पन खोज्ने तत्कालीन महाप्रबन्धक पौडेलसहित शेर्पा र पौडेलले थप निगमलाई घाटा पार्ने तथा बदनाम गर्ने गरी अभिव्यक्ति दिँदै हिँडेको भन्दै बर्खास्तीको माग गरेको हो ।
तीन जनाविरुद्ध चार बुँदे आरोपपत्र जारी गरेको संघर्ष समितिले हालै दोहामा ग्राउन्डेड भएको निगमको जहाज मर्मत गर्नुपर्नेमा उल्टो सो विरुद्धको अभिव्यक्ति दिँदै हिँडेको, सरकारले नै निगमलाई अहिलेकै अवस्था सरकारी मोडलमै सञ्चालन गर्ने भनिसकेको अवस्थामा अझै पौडेल सहित तीन जनाले निजीकरण गरिनुपर्ने भन्दै हिँडेको, चिनियाँ जहाज मर्मत तथा सञ्चालन गर्न छाडेर अब बन्दै भन्दै वक्तव्यबाजी गरेको र निगम सञ्चालक समितिमा प्रस्तावित गोप्य विषयहरु छलफल नहुँदै सार्वजनिक गरेको आरोप लगाएको छ ।
निगमलाई सार्वजनिक(निजी कम्पनी मोडलमा लैजाने प्रस्ताव भएसँगै मोर्चा बनाएर संघर्षमा होमिएको निगमको तीनवटा कर्मचारी ट्रेड युनियनहरूको संयुक्त संघर्ष समिति १०४ दिनदेखि निरन्तर आन्दोलनमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ