राजावादी पार्टीमा प्रवक्ताको ताँती, सहायकसहित ७ जना प्रवक्ता !
आइतबार, १६ माघ २०७८, २० : ४९
प्रतिनिधिसभा एक सिट रहेको राजावादी पार्टी पार्टी राप्रपाले प्रवक्ता मात्र ७ जनालाई बनाएको छ । प्रवक्ता र सहायक प्रवक्ता गरी ७ जनालाई मनोनयन गरिएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विधानअनुसार नै प्रवक्ता र सहायक प्रवक्ता मनोनयन गरेका हुन् । जसअनुसार झापाका भक्ति प्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल प्रवक्ता बनेका छन् ।
यस्तै सहायक प्रवक्तामा दोलखाका प्रवीनकुमार थोकर तामाङ, मोरङका दिनेशकुमार साह र कञ्चनपुरका पूर्ण बहादुर चन्द रहेका छन् । अन्य पार्टीमा प्रवक्तामात्रै हुने भएपनि राप्रपाले भने ४ जनालाई प्रवक्ता र ३ जनालाई सहायक प्रवक्ता बनाएका हो । गत मंसिरमा राप्रपाको महाधिवेशनबाट लिङ्देन अध्यक्ष निर्वाचित भएका थिए । उनले केन्द्रीय सदस्य र अन्य पदाधिकारी मनोनयन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त