शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन

आइतबार, १६ माघ २०७८, १९ : ३७
आइतबार, १६ माघ २०७८

हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ । कोरोना महामारी तीव्र रूपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो ।

त्यति ठुलो सङ्ख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो । उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अद्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । समितिले २ हप्तामा प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप