‘फेसन विक’मा उर्वशीले लगाइन् ४० करोडको गाउन !

person explore access_timeमाघ १६, २०७८ chat_bubble_outline0

बलिउड अभिनेत्री उर्वशी रौतेला मोडलिङको दुनियाँमा समेत परिचित नाम हो । पूर्व मिस युनिभर्स समेत रहेकी उनको सौन्दर्य जो कोहीलाई पनि मोहित पार्ने रहेको छ । अरब फेसन विकमा पनि उनले आफ्नो सौन्दर्यको जादु छरेकी छन् । 
यो फेसन विकमा दुई पटक सहभागी हुने उनी पहिलो भारतीय अभिनेत्री भएकी छन् । कार्यक्रममा उनले लगाएको गाउनको अहिले चर्चा हुन थालेको छ । स्टेजमा उनी सुनौलो रंगको हिराका गहनाले सजाइएको थाई हाई स्लिट गाउन लगाएर स्टेजमा देखिएकी थिइन् । यो पहिरनमा उर्वशी निकै सुन्दर, आकर्षक र बोल्ड देखिएकी थिइन् । गाउन पुर्ण रुपमा गहनाले सजिएको थियो ।


गाउनले उवर्शीको सौन्दर्यमा थप सुन्दरता थापेको थियो । जसको डिजाइन प्रसिद्ध फेसन डिजाइनर फर्ने भान अमान्टोले गरेका हुन् । उनी जेनिफर लोपेज र बेयोन्से जस्ता ठुला स्टारको ड्रेस डिजाइन गर्ने गर्दछन् । गाउँनको मूल्य ४० करोड (भारतीय रुपैयाँ) भएको बताइएको छ । यो गाउन मिस्रीकी सबैभन्दा बलावान र सुन्दर रानी ‘महारानी क्लियोपेट्रा’ बाट इन्सपायर भएर निर्माण गरिएको हो ।



उवर्शीले फेसन विकको एक भिडियो सामाजिक संजालबाट शेयर गरेकी छन् । भिडियो शेयर गर्दै उनले लेखेकी छन् ‘यो प्रसिद्ध फेसन विकमा मलाई दुई पटक शोस्टपर बनाउनु भएकोमा धन्यवाद ।’
 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।