शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनको मिति घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

आइतबार, १६ माघ २०७८, १९ : ३२
आइतबार, १६ माघ २०७८

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटको मध्यभाग गरुडा बजारमा प्रदर्शन गरेको छ । युवा संघको जिल्ला कमिटीको आयोजनामा गरुडामा सयौँ युवाहरूले नाराबाजी गर्दै दबाबमूलक र्‍यालीको सहितको प्रदर्शन गरेको हो ।

संघका जिल्ला अध्यक्ष बालशंकर कुश्वाहाको नेतृत्वमा ​गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्‍याली चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले दलाल गठबन्धनको सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिन आग्रह गरेका थिए । विगतमा २० वर्षसम्म स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाएर लोकतन्त्रको मजाक उडाउने कलङ्क बोकेको देउवा सरकारले पुनः कलङ्क दोहोर्‍याउन उद्धत रहेको उनको भनाई थियो ।  

निर्वाचनको मिति तत्काल  घोषणा नगरे सरकारविरुद्ध देशभर सडक सङ्घर्ष अझ सशक्त बनाउने  कोणसभाका वक्ताहरूले चेतावनी दिएका थिए । यसअघि राष्ट्रिय युवा सङ्घले गत साता रौतहट सदरमुकाम गौरमा मन्त्री रेणु यादवको बर्खास्ती लगायतको माग राख्दै प्रदर्शन गरेको थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप