कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा विस्तार
आइतबार, १६ माघ २०७८, १९ : १०
![कर्णाली प्रदेश अस्पतालमा आँखा उपचार सेवा विस्तार](https://rpcdn.ratopati.com/media/albums/272998310_120083430544424_3770052332125725747_n_1_jXsPOAwnXB.jpg)
कर्णाली प्रदेश अस्पतालमा अबदेखि आँखाको उपचार पनि हुने भएको छ। आइतबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आँखा उपचार सेवाको शुभारम्भ गरेका छन् । सेवा विस्तारसँगै अस्पतालमा उपचार गर्न आएका बिरामीहरुको सामान्य आँखा उपचारका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।
अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अस्पतालमा आँखा उपचार सेवाका लागि दुई जना आँखा रोग विशेषज्ञ डाक्टरसहित तीन जनाको टिम रहेको छ । बाहिर बिरामीलाई पठाउँदा दुःख हुने गरेको थियो । खड्का भन्छन्,‘ अस्पतालमै भर्ना भएका बिरामीहरुको आँखा हेर्नुपर्ने हुन्छ ।’
खड्काका अनुसार २० लाखको लागतमा आँखा विभाग स्थापना गरी सेवा सुरु गरिएको हो । साथै उपचारका लागि आवश्यक पर्ने उपकरण लगायत अन्य व्यवस्थापनका लागि प्रदेश सरकारसँग रकम माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन