३ हजार ५४० जनामा संक्रमण पुष्टि, मृतकको संख्यामा ३२ जना थप
आइतबार, १६ माघ २०७८, १६ : ४०

देशभर थप ३ हजार ५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । यता, मृतकको संख्यामा ३२ जना थप भएका छन् । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई मनाउने जिम्मा अब अमेरिकाको
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?
-
त्रिवि स्ववियु निर्वाचन : चार वटा क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने