स्थानीय तहको नामाङ्कन र सीमाङ्कन तय गर्न त्रिपाठीको माग

जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गरेका छन् । अध्यक्ष त्रिपाठीले आइतबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्र भएको तर प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा त्यसको कार्यान्वयन नभएको आरोप लगाएका छन् ।
आगामी निर्वाचन पूर्व नै सो आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गर्न उनले माग गरेका छन् । अध्यक्ष त्रिपाठीले पाँच दलीय सत्ता गठबन्धनले अगामी जेठसम्म स्थानीय तहको चुनाव सम्पन्न गराउने गरेको निर्णयलाई पनि स्वागत गरेका छन् । उनले संवैधानिक र कानुनी अस्पष्टता अनगिन्ती रहेको उल्लेख गर्दै एकमुष्ट रुपमा संविधान संशोधन गर्न माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा
-
आर्मी क्लबको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो
-
बजेट निर्माण र बाँडफाँडको अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा देश बन्दैन : अर्थमन्त्री
-
‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?
-
त्रिवि स्ववियु निर्वाचन : चार वटा क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने
-
३२ लाख ६५ हजार नेपाली अझै ‘टुजी’मा, बन्द गर्ने घोषणापछि प्रयोगकर्ता झनै बढ्दै