स्थानीय तहको नामाङ्कन र सीमाङ्कन तय गर्न त्रिपाठीको माग
जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गरेका छन् । अध्यक्ष त्रिपाठीले आइतबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्र भएको तर प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा त्यसको कार्यान्वयन नभएको आरोप लगाएका छन् ।
आगामी निर्वाचन पूर्व नै सो आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गर्न उनले माग गरेका छन् । अध्यक्ष त्रिपाठीले पाँच दलीय सत्ता गठबन्धनले अगामी जेठसम्म स्थानीय तहको चुनाव सम्पन्न गराउने गरेको निर्णयलाई पनि स्वागत गरेका छन् । उनले संवैधानिक र कानुनी अस्पष्टता अनगिन्ती रहेको उल्लेख गर्दै एकमुष्ट रुपमा संविधान संशोधन गर्न माग समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण