संसदमा स्थान नदिएको भन्दै सांसद सोशिला शाही संसदबाट बाहिरिएपछि....

कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको तेस्रो बैठकमा राप्रपाकी सांसद सोशिला शाही आफूलाई सिटको व्यवस्था नगरिएको भन्दै संसदबाट बाहिरिइन् ।
उनले सुरुमै सदनमा उठेर आपत्ति जनाएकी थिइन् । तर प्रमुख प्रतिपक्ष दल एमाले संसदीय दलका नेता यामलाल कँडेलले बोल्न थालेपछि लामो समयसम्म उनी उभिरहेकी थिइन् । कँडेलले बोलेर सकेपछि उनलाई सभामुख राजबहादुर शाहीले बोल्न भने। सुरुमै उनले भनिन्,‘ मेरो दलले संसदमा स्थान पाउने कि नपाउने ?
शाहीले अन्य दलजस्तै आफ्नो दललाई अगाडि स्थान नदिएको प्रति आपत्ति जनाइन्। त्यसपछि उनले भनिन,‘ सचिवालयले व्यवस्था गरेको होकी ? महिले सीटकै लागि लडाइँ गर्न खोजेको होइन ? तर सानो दल भनेर किन हेला गरिन्छ ? उनको तर्क थियो ।
महिले जाने कहाँ हो ? कि गेटबाहिर बस्नुप¥यो ? दलको मान्यता दिइसकेपछि स्थान दिनुप¥यो,’उनले भनिन,‘ म आउँदा सबै जनाले आफ्नो सीट अगाडी ओगटेर बस्नुभयो ।यो के हो ? महिले बुझ्न सकिन्। होइन भने आज म यतिकैमा जान्छु सभामुख महोदय...! सिटको व्यवस्था होस्। फेरि आउन पाइयो भने आउँला नआउन पाइयो भने नआउँला । आवश्यक परे बोलाउनुहोला नभए नबोलाउनुहोला..! भन्दै उनी संसदबाट बाहिरिइन् ।
त्यसपछि सभामुख राजबहादुर शाहीले संसद आधा घण्टाका लागि स्थगित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता