नेप्से १०५ अंकले बढेर २८ सय ८५ बिन्दुमा
आइतबार, १६ माघ २०७८, १५ : ०९

साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ । गतसाता लगातार ४ दिनमा करिब १५० अंकले घटेर बिहिबार समान्य सुधार आएको थियो । यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको हो ।
यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले बढेको हो ।
गतसाता स्थानीय तहको चुनाव अन्योल भन्दा करिब डेढ सय बन्दा बढी अंकले बजार घटेको थियो । बजारमा उत्साहजनक रुपले बढेको दिन ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै दुईवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण
-
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता