मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीमा बुस्टर खोप लगाउन सुरु

आइतबार, १६ माघ २०७८, १५ : ०६
आइतबार, १६ माघ २०७८

 गुल्मीमा आइतबारदेखि लक्षित वर्गलाई कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ ।  जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद पौड्यालले बुस्टर खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार बुस्टर खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत अग्रमोर्चामा रहेर काम गर्ने लक्षित वर्ग र ६२ वर्ष भन्दामाथिका नगरवासीलाई करिव ३ हजार ५ सय जनालाई लगाउने लक्ष्य लिइएको छ ।

   यस अघि पुस ६ गते देखि १२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई कोरोना बिरुद्धको  पहिलो चरणको खोप लगाइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप