सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

महिला लघुवित्तको नाफा साढे ५० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १११ रुपैयाँ

आइतबार, १६ माघ २०७८, १४ : २२
आइतबार, १६ माघ २०७८

महिला लघुवित्तको छ महिनाको नाफा सवाँ ८ करोड माथि पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म कम्पनीले ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

यो नाफा अघिल्लो वर्षको सोही अबधिको भन्दा ५०.५० प्रतिशतले बढी हो । लघुवित्तले गत वर्षको त्रैमासमा ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीले खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढाएर १४ करोड ४९ लाख ६० हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तर ब्याज आम्दानी बढ्दैगर्दा सोही अबधिमा यता कम्पनीको सञ्चालन नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा यस  वर्ष कम्पनीको सञ्चालन नाफा ४१.५८ प्रतिशतले घटेर ३ करोड ८१ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष लघुवित्तले ६ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

नाफा बढेसँगै पुस मसान्तसम्म अइपुग्दा महिला लघुवित्तको प्रतिसेयर आम्दानी ११० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १३ पैसा पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप