बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

सेयर बजारमा हरियाली, ७८ अंकले बढ्यो बजार

आइतबार, १६ माघ २०७८, १४ : ०३
आइतबार, १६ माघ २०७८

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघु वित्तिय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनीले लगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।

बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्स लगायतको माग बढीरहेको छ । सरकारले स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्ने घोषणा गरेसँगै सेयर बजारमा सुधार देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप