इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधि सोफिया
इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताजसहित उक्त प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाले छानेको हो । भुजेलले यसअगाडि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् ।
शनिबार स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाइ दिएकी हुन् । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।
भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुका ग्रुमिङ गरिनेछ ।
अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको उपस्थिति रहेको कार्यक्रममा धुम्बाराही निवासी २६ वर्षीया भुजेलले प्रतियोगितामा नेपालका कल्चरल, साँस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन् ।
भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शीर्ष उपाधि जित्न सक्ने विश्वास आफुलाई लागेको ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए । २०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् ।
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा जथाभाबी लेख्न राप्रपाको अङ्कुश, केन्द्रीय समिति बैठक आह्वान
-
राप्रपा बैठकको १० बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
-
उपनिर्वाचनमा लज्जास्पद पराजय भोग्नुको कारण खोज्न राप्रपाले बनायो समिति
-
भियतनामी क्रान्ति : साम्राज्यवादका विरुद्ध जनताले लडेको गौरवशाली युद्ध
-
ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
-
अनमोलप्रीतले तोडे युसुफ पठानको कीर्तिमान