शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधि सोफिया

आइतबार, १६ माघ २०७८, १३ : २०
आइतबार, १६ माघ २०७८

इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताजसहित उक्त प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाले छानेको हो । भुजेलले यसअगाडि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केही सौन्दर्य प्रतियोगितामा सहभागी भएकी थिइन् ।

शनिबार स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाइ दिएकी हुन् । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुका ग्रुमिङ गरिनेछ ।

अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको उपस्थिति रहेको कार्यक्रममा धुम्बाराही निवासी २६ वर्षीया भुजेलले  प्रतियोगितामा नेपालका कल्चरल, साँस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन् ।

भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शीर्ष उपाधि जित्न सक्ने विश्वास आफुलाई लागेको ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।  २०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप