सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

‘प्र्याङ्क हिम्मतिलो क्रियाकलाप हो, प्रतिबन्ध जरुरी छैन’

आइतबार, १६ माघ २०७८, १२ : ५१
आइतबार, १६ माघ २०७८

मैले केही वर्ष यता नियमित प्र्याङ्क बनाउन थालेको छु । गृह मन्त्रालयले यसबारे हालै एउटा सूचना जारी गरेको छ । सूचना अनुसार सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्याङ्क) को नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दारी लगाउने जस्ता क्रियाकलाप नगर्न भनिएको छ । त्यसो गरी सोको गोप्य भिडियो तयार गर्ने र उक्त भिडियो दृश्याङ्कन गरेर अनुमति बिना उक्त भिडियो सामाजिक सञ्जालमा हाल्न निषेध गरेको छ ।

गृह मन्त्रालयको सूचनामा प्र्याङ्क बन्द गर्ने उर्दी छ भनेर केहीले अहिले हल्ला गरिरहेका छन् । मेरो बुझाइमा त्यो होइन । वास्तवमा सार्वजनिक स्थलमा ब्यक्तिको अनुमति र सहमति बिना प्र्याङ्क तथा मजाक भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्न नपाउने भनिएको हो । प्र्याङ्क गरेको मानिसको भिडियो हाल्न अनुमति लिनुपर्ने भनिएको हो । यो ठिक कदम हो । भिडियो सामाजिक सञ्जालमा हाल्नु अगाडि अनुमति लिनुपर्ने कुरोमा म पनि सकारात्मक नै छु । मैले अहिलेसम्म प्र्याङ्क भिडियो बनाएपछि अनुमति बिना सामाजिक सञ्जालमा अपलोड गरेको छैन । त्यसैले, अहिलेको सूचनाले म जस्ता प्र्याङ्क निर्मातालाई छुदैन ।

अब के गर्ने ?

प्र्याङ्क भिडियो नै बनाउन नपाउने भनियो भने म जस्ता धेरै प्र्याङ्क भिडियो बनाउनेको आपत्ति रहन्छ । यसले म जस्ता प्र्याङ्क भिडियो बनाउने मर्कामा पर्छाै । सबै काम छाडेर हामी यसमा लागेका छौ । हामीले के खाने ?

प्र्याङ्क भिडियोका लागि हामीले पहिले गर्दै आएका गलत काम छाडेका छौं । प्र्याङ्क भिडियोमा केहीले कम्प्लेन गरे होलान्, म त्यो मान्छु । तर प्र्याङ्क बनाउने र रमाउनेको लाखौं जमात छ । एक दुई जनाको लागि सरकारले लाखौंको मनोरञ्जनमा निस्तेज गर्न मिल्दैन ।

प्र्याङ्क भिडियोका लागि हामीले पहिले गर्दै आएको काम छाडेका छौं । प्र्याङ्क भिडियोमा केहीले कम्प्लेन गरे होलान्, म त्यो मान्छु । तर प्र्याङ्क बनाउने र रमाउनेको लाखौं जमात छ । एक दुई जनाको लागि सरकारले लाखौंको मनोरञ्जनमा निस्तेज गर्न मिल्दैन । प्र्याङ्क भिडियो नै बनाउन पाइँदैन, त्यसका लागि अनुमति चाहिन्छ भन्न मिल्दैन । किनभने अनुमति लिएर गरेको भिडियो प्र्याङ्क कसरी हुन्छ र ?

अनुमति लिए के को आपत्ति

प्र्याङ्क भिडियोको नाममा महिलाको शरीर टच गर्यो, मानिसलाई हैरान पारियो भन्ने पनि आरोप छ । यस्तो आरोप लाग्नु स्वाभाविक हो । हामीले झुक्याएर, दिमाग चाटेर भिडियो जो बनाउछौं । तर हामीले गलत नियतले भिडियो बनाउनु भने हुँदैन । आरोपबाट बच्ने गरेर भिडियो बनाउनुपर्छ ।

भिडियो बनाएपछि हामीले तपाईंको प्र्याङ्क भिडियो बनाएका छौं, भिडियो सामाजिक सञ्जालमा हाल्न मिल्छ कि मिल्दैन, हालौं कि नहालौं भनेर सोध्नुपर्छ । उनीहरुले राख्न अनुमति दिए राख्नुपर्छ, नभए राख्नु हँुदैन । पहिले सहमति दिएको एक भिडियो पछि सम्बन्धितले फोन गरेर असहमति जनाएपछि मैले हटाएँ । दर्शक हामीले गरेका मजाक र पब्लिकको रियाक्सन हेरेर मनोरञ्जन लिन्छन् ।

सुटुक्क प्र्याङ्क बनायो, प्र्याङ्कमा पर्ने मानिसलाई थाहा नदिई हाल्यो भने त्यसमा आपत्ति हो । त्यस्तो भिडियो सामाजिक सञ्जालमा आउँदा कसलाई रिस उठ्दैन र ?  मैले २०७४ सालमा पहिलो पटक युट्यूव च्यानल खोले । च्यानलका लागि पहिले म्यूजिक भिडियो र सानोतिनो कमेडी भिडियो बनाए । प्र्याङ्क नै गर्छु भनेर युट्यूवमा लागेको होइन । कमेडी भिडियो गर्दै जाँदा प्र्याङ्क भिडियोको जानकारी भयो । यस्ता भिडियो मानिसले मनपराएको पाए । धेरै हेरिदो पनि रहेछ । त्यसैले प्र्याङ्कतिर तानिएँ ।

प्र्याङ्क गर्न पनि सजिलो कहाँ छ र ? प्र्याङ्क गरेर भिडियो बनायो । भिडियो सम्पादन गरेर देखायो, मानिसले नहाल भन्छ । मिहिनत खेर जान्छ । प्र्याङ्कका धेरै रिक्स छ । कतिले किन जिस्किइस् भनेर समेत कुट्छन् । मैले धेरै कुटाइ खाएको छु । मैले प्र्याङ्क गरेको भिडियोमा यो दृष्य हेर्न सकिन्छ ।

प्र्याङ्कका दुश्मन

केही मानिस प्र्याङ्क गर्दा थाहा दिनुपर्ने भन्छन् । कि तिनले प्र्याङ्क नबुझेका हुन् कि ती प्र्याङ्क गर्नेको दुश्मन हुन् । थाहा दिएर गर्यो भने त्यो प्र्याङ्क हुँदै हुँदैन । प्र्याङ्क भनेको कुनै ठाउँमा क्यामरा लुकाएर अपरिचित ब्यक्तिलाई ब्यक्तिगत जीवनमा असर नपर्ने गरेर हल्का मजाकमा गरिएको कुराकानी हो । सो कुराकानीले प्र्याङ्कमा पर्ने व्यक्तिलाई असर गर्न मिल्दैन ।

पछिल्लो समय केही ब्यक्तिले प्र्याङ्कको नाममा खुकुरी लिएर दौडिने, भूत बनेर तर्साउने लगायतका क्रियाकलाप समेत गरेका छन्, त्यो गर्नु हुँदैन । सरकारले त्यस्तालाई तह लगाउने हो । मलाई पहिले प्र्याङ्क मनपर्दैन थियो । त्यसैले पनि प्र्याङ्कमा मैले मनिसलाई आपत्ति हुने, सातो जाने गरेर गरेको छैन । मैले जति प्र्याङ्क गरेको छु । सन्देश मुलक छन् । चुरोट किन खाइयो, बाटो किन काटियो, माक्स खोइ ? लगायतका बिषयमा मेरो प्र्याङ्क हुने गरेका छन् । एक किसिमले हेर्ने हो भने मैले सरकारले गर्नुपर्ने जनचेतानको काम समेत गरेको छु ।

 


 

धेरै पटक कुटाई खाएँ

मेरो विचारमा प्र्याङ्कका धेरै फाइदा छन् । ब्यक्तिगत हिसावले धेरैलाई रोजगारीको अवसर समेत प्राप्त भएको छ  । मैले जागिर खाएको भए दश, बीस हजार कमाउँथे । प्र्याङ्कमा अहिले आम्दानी राम्रो छ ।

अर्काे कुरो यो दर्शकका दुःख भुलाउने, मनोरञ्जन दिलाउने माध्यम हो । केहीले रोजगारी पाए, दर्शकले मनोरञ्जन पाए । त्यसमा नराम्रो के भयो ? एक बोरा आलु किन्दा केही त बिग्रिएको पर्छ । प्र्याङ्कका केही मानिस खराव भए भने प्र्याङ्क नै बन्द गर्नु मिल्दैन । यो देशका लागि राम्रो बिषय हो ।

प्र्याङ्क गर्न पनि सजिलो कहाँ छ र ? प्र्याङ्क गरेर भिडियो बनायो । भिडियो सम्पादन गरेर देखायो, मानिसले नहाल भन्छ । मिहिनत खेर जान्छ । प्र्याङ्कका धेरै रिक्स छ । कतिले किन जिस्किइस् भनेर समेत कुट्छन् । मैले धेरै कुटाइ खाएको छु । मैले प्र्याङ्क गरेको भिडियोमा यो दृष्य हेर्न सकिन्छ ।

यदि प्र्याङ्क बनाउनेले सहन सकेन भने त्यहाँ नराम्रो झगडा समेत हुन्छ । मिहिनेत खेर जान्छ । लुकेर खिच्दा कहिलेकाही फुटेज मिल्दैन । जो पायो, त्यहीलाई प्र्याङ्क गर्नु पनि भएन । बुझेर, धेरै बिचार गरेर गर्नुपर्छ । कोही मुटुको बिमारी होला, कोही तनावमा होला, कोही रिसाह होला । प्र्याङ्कका लागि उपयुक्त ब्यक्ति हो वा होइन विचार गर्न निकै गाह्रो छ । प्र्याङ्क बनाउने क्रममा रिक्स धेरै छ ।

प्र्याङ्कमा सर्वसाधारण एकदमै मज्जा लिन्छन् । प्र्याङ्क भन्ने बितिक्कै मानिस लास्टमा यसले कसरी उल्लु बनाउँछ भनेर हेर्छन् । प्र्याङ्क सीमित समयमा गरिने एउटा मजाक हो । प्र्याङ्कलाई रियल मनोरञ्जन भिडियोको रुपमा बुझ्न सकिन्छ ।

नचिनेकोलाई प्र्याङ्क

मैले अहिलेसम्म काठमाडौं उपत्यका र पूर्वका विभिन्न स्थानमा गएर प्र्याङ्क भिडियो बनाएको छु । काठमाडांैमा कोटेश्वर, जडिबुटी लगायत ठाउँमा गर्छु । प्र्याङ्कका लागि टाढासम्म जुम गर्न मिल्ने एउटा क्यामरा र साउण्ड टिप्ने खालको माइक भए पुग्छ । धेरै मानिस भएर प्र्याङ्क गर्न सकिन्छ ।

म प्र्याङ्कमा तडकभडक गर्दिन । जिस्किएर उनीहरुलाई रमाइलो तवरले भुलाएर प्र्याङ्क गर्छु । त्यो क्रममा पनि कोही रिसाएर कुट्छन्, म नै अघि सरेर सरी भन्छु । प्र्याङ्क कतिपयले प्लानिङमा गर्न थालेका छन् रे । त्यो प्र्याङ्क भएन । त्यो त भिडियो, छोटो फिल्म जस्तो भयो । प्र्याङ्क भनेको पूर्व जानकारी नभएको क्रियाकलाप हो । रुवाई, धुवाई सबै क्रियाकलाप सकिएपछि ल है प्र्याङ्क गरेको भनेर क्यामरा देखाएपछि मात्र प्र्याङ्क हुन्छ । प्र्याङ्क भनेको नचिनेको व्यक्तिलाई थाहा नदिई गरिने मजाक हो ।

विशुद्ध मनोरञ्जन

प्र्याङ्कमा सर्वसाधारण एकदमै मज्जा लिन्छन् । प्र्याङ्क भन्ने बितिक्कै मानिस लास्टमा यसले कसरी उल्लु बनाउँछ भनेर हेर्छन् । प्र्याङ्क सीमित समयमा गरिने एउटा मजाक हो । प्र्याङ्कलाई रियल मनोरञ्जन भिडियोको रुपमा बुझ्न सकिन्छ ।

अन्य भिडियोको तुलनामा नेपालमा पछिल्लो समय प्र्याङ्क धेरै हेर्न थालिएको छ । अहिलेसम्म मेरो प्र्याङ्क भिडियोले राम्रो भ्यूज पाउने गरेको छ । मेरो हरेक भिडियो युट्यूव  ट्रेन्डिङको शीर्ष स्थानमा लामो समयसम्म रहन्छ । अहिले सबैले आ–आफ्नो तरिकाबाट प्र्याङ्क गर्छन् ।  केहीलाई प्र्याङ्क मन नपर्ला तर मनपराउने धेरै छन् । लाखौले राम्रो भनेर कमेन्ट गर्दछन् ।

प्र्याङ्क गर्नेलाई पब्लिकले पनि चिन्छन्, राम्रो कलाकार मान्छन् । म अनुभवको आधारमा भन्छु, बरु कमेडी सिरियलको कलाकार चिन्दैनन्, पब्लिकले प्र्याङ्ककर चिन्छन्, इज्जत दिन्छन् । मलाई पनि ठूल्ठूला नेता धेरैले चिन्छन्, त्यसको श्रेय प्र्याङ्क भिडियो हो । प्र्याङ्क एउटा हिम्मतिलो क्रियाकलाप हो । एउटा राम्रो प्र्याङ्क गर्न सकियो भने थुप्रै सिरियलमा अभिनय गरेको भन्दा पनि बढी लोकप्रिय भइन्छ ।   

चर्चित प्र्याङ्क निर्माता एलिस राईसँग रातोपाटीका कुबेर गिरीले गरेको कुराकानीमा आधारित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिस राई
एलिस राई
लेखकबाट थप