बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्त कम्पनीलाई २ अर्ब ३० करोड निक्षेप दिँदै राष्ट्र बैंक

आइतबार, १६ माघ २०७८, १२ : ४४
आइतबार, १६ माघ २०७८

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुलाई २ अर्ब ३० करोड रुपैयाँ निक्षेप दिने भएको छ । यस्तो निक्षेप बैंकले आफ्नो अवकाश कोष अन्तर्गत पेन्सन तथा उपदान कोषमा रहेको रकम बैंक तथा वित्त कम्पनीहरुलाई एक वर्षका लागि ब्याजमा दिन चाहेको हो । 

आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्त कम्पनीहरुलाई रित पुर्याई उचित ब्याजसहित निक्षेप माग गर्न आह्वान गरेको छ ।  सूचनाअनुसार कुल २ अर्ब ३० करोड रुपैयाँमध्ये एक अर्ब ८४ करोड रुपैयाँ वाणिज्य बैंकहरुले पाउने छन् भने बाँकी ४६ करोडमा विकास बैंक र लघुवित्तले क्रमशः ३४ करोड ५० लाख रुपैयाँ र ११ करोड ५० लाख रुपैयाँ पाउने छन् । 

यद्यपि, यस्तो निक्षेप पाउन बैंक तथा वित्त कम्पनीहरुले राष्ट्र बैंकले तोकेको सर्त पुरा गरेको हुनुपर्नेछ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम भएको र निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले बताएको छ । 

एक वर्षका लागि प्रदान गरिने उक्त निक्षेप आगामी फागुन ३ गते जारी गरेर अर्को वर्ष २०७९ फागुन ३ गते परिपक्‍व हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप