मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ७५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

आइतबार, १६ माघ २०७८, १२ : २५
आइतबार, १६ माघ २०७८

भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् । 

‘७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् । यो महत्वपूर्ण उपलब्धीका लागि हाम्रा नागरिकहरुलाई बधाई दिन चाहन्छु । हाम्रो खोप अभियानलाई सफल बनाउने सबै जनाप्रति गर्व महशुस गर्छु,’ प्रधानमन्त्री मोदीले ट्विट गरेका छन् । 

यसअघि केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्दाभियाले देशको ७५ प्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएको बताएकी थिइन् । 

यसैबीच, पछिल्लो २४ घन्टामा भारतमा २ लाख ३४ हजारमा कोभिड देखिएको छ ।  योसँगै भारतमा भारमा कोभिड संक्रमितको संख्या चार करोड १० लाख पुगेको छ । सो अवधिमा कोभिडबाट ८९३ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा भारतमा कोभिड संक्रमितको संख्यामा घट्ने र बढ्ने क्रम देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप