शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अमेरिकामा हिमआँधी, न्युयोर्क र न्युजर्सीमा आपतकाल

आइतबार, १६ माघ २०७८, १० : ४३
आइतबार, १६ माघ २०७८

अमेरिकाको पूर्वी हिस्सामा आएको हिमआँधीले भयानक विनाश मच्चाइरहेको छ । आधीका कारण लगभग ७ करोड मानिसको जीवन कष्टकर भएको छ । न्युयोर्क र बोस्टनमा  बिजुली गएको छ । यसका कारण शहरको गतिविधि पुर्ण रुपमा  रोकिएको छ ।

तटिय इलाकामा एक फीटसम्म हिउँको मोटो तह बनेको छ । यसै कारण यहाँ लगभग १.१७ लाख घरको बिजुली काटिएको छ । पूर्वी समुद्र तटमा बस्ने मानिसलाई घरमै बस्नका लागि भनिएको छ र जरुरी नभएको यात्राबाट जोगिनका लागि भनिएको छ ।

म्यानहाटनको उत्तरी टापुमा १० इन्चसम्म बरफको ब्ल्याङ्केट देखिएको छ । लिकबाट बरफ हटाउनका लागि  स्थानीय रेल लाइन बन्द गरिएको छ ।

न्युयोर्कको सडकमा ४ इन्चसम्मको बाक्लो मोटो बरफको ब्ल्यांङकेट

न्युयोर्क शहरको सडकमा पनि ४ इन्चभन्दा पनि  बाक्लो  बरफ जमेको छ । शहरका मेयर एरिक एडम्सले सोशल मिडियामा भिडियो पोस्ट गरेर मानिसलाई घरमै बस्नका लागि अनुरोध गरेका छन् ।

न्युयोर्क र न्युजर्सीमा आपतकाल घोषणा

न्युयोर्कका गभर्नर क्याथी होचुलले मानिसलाई गैर जरुसी यात्राबाट बच्नका लागि भनेका छन् । यसका अतिरिक्त जो जसका लागि जरुरी यात्रा गर्नु परेको छ , उनीहरुलाई कम्बल, पानी, खाना र जरुरी औषधी बोक्नका लागि भनिएको छ । बरफले हवाई सेवामा पनि असर पु¥याएको छ । शनिबार देशभित्रै र बाहिर जाने ३,५०० उडान रद्द गरिएको थियो । आइतबार पनि ८८५ उडान पहिले नै रद्द गरिइसकेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप