बेलारुस वा रुसमाथि हमला भए युद्धको सम्भावना छ : लुकासेन्को

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्को भनाई आएको हो ।
तर, ‘युद्ध भइहाले पनि त्यसमा कोही पनि विजेता नहुने’ र हरेक चिज गुम्ने उनको भनाई छ । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । बेलारुस र रसियाले चाँडै नै युक्रेनको दक्षिणी सीमामा पर्ने युक्रेनमा संयुक्त सैन्य अभ्यास गर्दैछन् ।
युक्रेनको सीमामा दशौं हजार रसियाली सेना तैनाथ भइरहेको पृष्ठभूमिमा दुई देशबीच सैन्य अभ्यास हुँदैछ । सेना परिचालनकै कारण अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धन रुसँग क्रुद्ध छ । रुसले कुनै पनि बेला युक्रेनमा हमला गर्न सक्ने उनीहरुको अनुमान छ ।
रसियाले युक्रेनमा हमला नगर्ने बताए पनि उसका पछिल्ला गतिविधिले अतिक्रमणको खतरा बढेको छ । युक्रेनले सुरक्षा खतरा बढाएको रसियाले दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज ह्याक भएको सचिवालयको दाबी
-
रुस–युक्रेन युद्धमा मारिएका पूर्ववडाध्यक्षको किरिया गर्दै वृद्ध बुवा
-
चिकित्सकको लापरवाहीले म्याराडोनाको मृत्यू भएको दाबी, सातजनाविरुद्ध मुद्दा चलाइँदै
-
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
-
प्रतिक्रान्तिकारीहरूलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ: प्रचण्ड
-
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ –मन्त्री दाहाल