शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘स्थानीयदेखि सङ्घीय निर्वाचनसम्म गठबन्धन आवश्यक’

आइतबार, १६ माघ २०७८, ०८ : ३०
आइतबार, १६ माघ २०७८

राष्ट्रियसभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताएकी छन् ।

आफ्नो सम्मानमा पाल्पाको रामपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) अध्यक्ष ओलीले दम्भ देखाएकै कारण वर्तमान अवस्था सिर्जना भएको बताइन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहकी उनले सत्ता गठबन्धन संविधानलाई जोगाउन, लोकतन्त्रलाई बचाउन र विकास निर्माणलाई अगाडि बढाउन भएको स्पष्ट पारिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप