बेलायती टेनिस खेलाडीलाई आतङ्कित पारेकोमा एक नेपाली दोषी
लन्डन । बेलायती टेनिस खेलाडी एम्मा र्‍याडुकानु एकजना नेपालीका कारण तनावग्रस्त बनेकी छन् । साउथ इष्ट लन्डनस्थित उनकै घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार दोषी ठहर गरेको हो । लन्डनस्थित एजवेयर बस्दै आएका विवाहित मगरले एम्माको पिछा गरेको र घरमा पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो । ढोकामा राखिएको सिसिटिभी फुटेजबाट उनलाई समातिएको हो ।
डेली मेलले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेका थिए । विगतमा अमेजनको डेलिभरी ड्राइभरका रूपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर ’यु डिजर्भ लभ’ ( तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेका थिए । त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरूले नै पठाएको भन्दै झुट बोलेका थिए ।
दोस्रोपटक एम्माको घरमा पुगेका मगरले क्रिसमस डेकोरेशनसहितको एक नक्सा कोरेर उनलाई भेट्न २३माइल लामो यात्रा गरेर आएको बताएका थिए । अदालतसँगको बयानका क्रममा एम्माले मगरका कारण आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गरेको सुनाएकी थिइन् । सोही कारण आफ्नो घरबाट बाहिर निस्किँदा र त्यसमा पनि एक्लै हुँदा आफूलाई झन् असुरक्षित महसुस हुने गरेको उनको बयान थियो । यही तनावका कारण आफ्नो घर नै परिवर्तन गर्न चाहेको पनि उनले बताएकी थिइन् । १९ वर्षीय एम्माले गतवर्ष विश्व प्रतिष्ठित युएस ओपनको उपाधि जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा