आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा सरकारविरुद्ध प्रदर्शन

शनिबार, १५ माघ २०७८, २२ : ४७
शनिबार, १५ माघ २०७८

नेकपा एमाले निकट युवा संगठनले सिरहाको गोल बजारमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको । राष्ट्रिय युवा संघ सिरहाको आयोजनामा भएको प्रदर्शनमा स्थानीय तह निर्वाचनको मिति घोषणा, मन्त्री रेणु यादवको राजीनामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण लगायतको माग गरिएको थियो ।

प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले ‘लिपुलेक लिम्पियाधुरा हाम्रै हो, किसानलाई समयमै मलखाद उपलब्ध गराऊ’ लगायतका नाराहरू लगाएका थिए । 

प्रदर्शनपछि आयोजित कोणसभामा संघका प्रदेश सचिव बैजनाथ साहले एक हप्ताभित्र मन्त्री रेणु यादवलाई बरखास्त गर्न माग गरे । उनले तत्काल मन्त्री यादवलाई बरखास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । कोणसभालाई जिल्ला अध्यक्ष इन्देश राउले पनि सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप