ऋषि कट्टेल पार्टीबाट निष्कासित

नेकपा (माओवादी केन्द्र) र एमाले मिलेर बनेको नेकपा फुटाउने टुल्स बनेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन् । पार्टी अहितमा काम गरेको भन्दै कट्टेललाई सो पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको हो ।
सो पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गरी दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासित गरिएको बताएका छन् ।
सो पार्टीको केन्द्रीय समिति बैठकले माघ ५ गते जाँचबुझ समिति गठन गरी कट्टेललाई स्पष्टीकरण सोधेको थियो । कट्टेलले समिति समक्ष स्पष्टीकरण दिएका थिएनन् । उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिष्ट पार्टीको विधान २०६९ धारा १७.११ बमोजिम दलको साधारण सदस्य समेत नरहनेगरी सम्पूर्ण पद जिम्मेवारीबाट निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ । कट्टेल नेतृत्वको नेकपाले सर्वोच्चमा हालेको मुद्दामा फैसला हुँदा एमाले र माओवादी फुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत