आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा विभिन्न घटनामा २ जनाको मृत्यु

शनिबार, १५ माघ २०७८, १८ : ५५
शनिबार, १५ माघ २०७८

झापामा दुई भिन्न घटनामा परी आज बालिकासहित दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिकामा ट्र्याक्टरले किचेर एक बालिका र मेची नगरमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आज कनकाई–७ कप्तानलुङस्थित भित्री कच्ची सडकखण्डमा सोही स्थानका ४५ वर्षीय बालकृष्ण दुलालले घर अगाडि पार्किङ गरी राखेको मे १ त ७५४९ नंको ट्रयाक्टर आफैँले स्टार्ट गरी अगाडि बढाउने क्रममा सोही ट्रयाक्टर मुनि खेलिरहेकी आफ्नै छोरी दुई वर्षीया आरोषी दुलालको ट्रयाक्टरको चक्काले किचेर मृत्यु भएको छ । गम्भीर घाइते भएकी आरोषीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता थापाले बताए ।

त्यस्तै आजै दिउँसो मेचीनगर–३ दुधे गोलाटारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–३ का ४२ वर्षीय मेघेन्द्र विक रहेका छन् । सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप