आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

शनिबार, १५ माघ २०७८, १८ : ३८
शनिबार, १५ माघ २०७८

भक्तपुरमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । शनिबार २ः२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बसको ठक्करबाट बा ७० प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् ।  उनलाई बा ५ ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।  प्रहरीले बसका चालक काभ्रेको बनेपा नगरपालिका–९ का ४१ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप