आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेतमा तीन फरार अभियुक्त पक्राउ

शनिबार, १५ माघ २०७८, १८ : २३
शनिबार, १५ माघ २०७८

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।  सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र  सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहलाई लागुऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको  थियो । खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत २०५१ असार ९ को फैसला आदेशले सात वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसैगरी नेपालीलाई सार्वजनिक मुद्दामा अदालतले रु ५०० जरिवानाको फैसला गरेको थियो । तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप