विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन महानगरको आग्रह
भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्र गतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए । सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा परी जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको उनको भनाइ छ ।
विकास निर्माणस्थलमा सवारी साधनको आवतजावत, पैदलयात्रीलगायत बालबालिकाले हिँडडुल गर्दा विशेष सावधानी अपनाउन महानगरवासी, टोल विकास संस्थालगायत निर्माणकार्यसँग सम्बन्ध राख्ने सबैलाई आग्रह गरिएको छ । निर्माण व्यवसायीले काम गर्दा सुरक्षाका उपाय अपनाउन, खाल्डाखुल्डी शीघ्र रूपमा पुर्न, सूचना÷सावधानी बोर्ड अनिवार्य राख्न, अँध्यारो स्थानमा उज्यालोको व्यवस्था गर्न, आपसी समन्वय गरेर प्रचलित कानुनी प्रावधानको पालना गरी दुर्घटना कम हुने गरी काम गर्न महानगरले आग्रह गरेको छ ।
भरतपुर महानगरपालिका–१२ स्थित निर्माणाधीन नालीमा खसेर एक जनाको मृत्यु भएको छ भने वडा नं ९ को गोन्द्राङमा हालै निर्माणाधीन सडकको नालीमा फसेर एकसिंगे गैँडा मरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी