
मौरिससविरुद्धको मैत्रीपूर्ण खेल जारी, विमल सुरुवाती ११ मा

अफ्रिकन राष्ट्र मौरिससविरुद्धको मैत्रीपूर्ण खेल दशरथ रङ्गशालामा सुरु भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलोपटक मौरिससविरुद्ध खेल्न लागेको हो । मौरिसस नेपालविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आइपुगेको थियो । यससँगै गत अक्टोबरमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपको फाइनलपछि नेपाल पहिलोपटक मैदान उत्रिएको हो ।
जिल्ला प्रशासन कार्यालयले खेलमा सीमित सङ्ख्यामा दर्शक राख्न अनुमति दिएपछि पाँच हजार दर्शकसहित खेल सुरु भएको छ । यो खेलको सुरुवाती ११ मा विमल घर्ती मगर समेत समेटिएका छन् । नेपालका प्रशिक्षक अब्दुलाह अल्मुताइरीले लामो समयपछि चोट मुक्त विमललाई टोलीमा समेटेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ