मधेश प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ । विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुने एक हजार ५१ पुगेको स्वास्थ्य निर्देशनालय कार्यालयले जनाएको छ ।
नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका बारा कलैया उपमहानगरपालिका –५ की ६५ वर्षीया संक्रमित महिलाको शनिबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि महिला शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। ती महिलाले कोभिडविरुद्धको खोपको दुवै डोज लगाएकी थिइन ।
त्यसैगरी, नारायणी अस्पतालमै उपचारत वीरगन्ज महानगरपालिका–३ का ७३ वर्षीय संक्रमित पुरुषको पनि शनिवार बिहान मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा भर्ना गरेर भेन्टिलेटर सपोर्टमा उपचार गर्ने क्रममा शनिवार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सिंहले जानकारी दिए । ती पुरुषले पनि कोभिड विरुद्धको खोपको दुबै डोज लगाएका थिए ।
हाल सम्म मधेश प्रदेश अन्तर्गत सप्तरीमा १५९, सिरहा १३५, धनुषा १३२, महोत्तरी ९१, सर्लाही ९३, रौतहट १२८,बारा १८०, पर्सा १३२ र एक भारतीय नागरिक गरि एक हजार ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्ये पुरुष ७६२ र महिला २८९ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै