
राजनीतिक अन्योलबीच प्रतिनिधि सभाको बैठक भोलि बस्ने

राजनीतिक अन्यौलता र कोरोना महामारीका बीच प्रतिनिधि सभाको बैठक माघ १६ आइतबार बस्दैछ । पुस सात गते यता बस्न नसकेको बैठक माघ १६ गते दिउँसो १ बजेका लागि तय भएको छ । यसअघि पुस १८ का लागि राखिएको बैठक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण स्थगित भएको थियो भने पुस २२ गते नेकपा एमालेको बैठकका कारण बस्न सकेको थिएन । त्यसै गरी पुस २८ र माघ ३ का लागि बोलाइएको बैठक कोभिडका कारण बस्न सकेको थिएन ।
निर्वाचन लगायतका विषयमा मुलुकको राजनीति कता जान्छ भन्ने चासो, नेकपा एमालेले संसद् अवरोध कायम राखेको र कोभिड सङ्क्रमण समेत उच्च रहेको अवस्थामा माघ १६ मा बैठक बस्न लागेको हो ।
भोलि बस्ने प्रतिनिधि सभा बैठकको एजेण्डा के हुने र अर्को बैठक कहिले बस्ने भन्ने विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । उनका अनुसार संसद्को एजेण्डा तय गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ