बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतो पुस्तक लेखनमा व्यस्त

शनिबार, १५ माघ २०७८, १६ : २४
शनिबार, १५ माघ २०७८

नेपाली राजनीतिमा चर्चामा आइरहने एक राजनीतिकर्मी हुन् लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो । तर अचेल उनी त्यति दृश्यमा देखिएका छैनन् । महतो सार्वजनिक कार्यक्रमहरुमा पनि त्यति देखिँदैनन् । त्यसको कारण हो उनी अहिले ‘पुस्तक लेखन’ मा व्यस्त छन् ।

आफ्नो ३० दशकको राजनीतिक घटनाक्रमलाई खोतल्ने र त्यसलाई लिपिबद्ध गर्ने कार्यमा उनी व्यस्त छन् । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सन्तोष मेहताले भने, ‘नेता महतोजी अचेल राजनीतिमा सक्रिय हुनुका साथै किताब लेखनमा पनि व्यस्त हुनुहुन्छ, उहाँको किताब चाँडै जनता समक्ष आउँदैछ ।’ 

उक्त पुस्तकमा २०४६ देखि हालसम्म उनले भोगेका, देखेका कुरालाई लिपिबद्ध गर्नुको साथै देशको पुनः संरचना र नयाँ नेपाल कसरी बनाउने भन्ने विश्लेषणात्मक ढाँचा पाउन सकिन्छ । वरिष्ठ नेता महतोले लेख्दै गरेको किताबको नाम सम्भवतः ‘संघर्षको तीन दशक ः बनाउने नेपाल, सबै नेपालीका लागि’ हुने बताइएको छ ।

उनको किताब तयारीमा सहयोगी भूमिका निभाइ रहेका एकजनाले भने, ‘लगभग ‘संघर्षको तीन दशक: बनाउने नेपाल, सबै नेपालीका लागि’ नाम रहनेछ यद्यपि अझै केही हुनसक्छ कि भनि छलफल भइरहेको छ ।’ २०४६ यता नेपाली राजनीतिको उतार चढावका प्रत्यक्ष साक्षी रहेका नेता महतोको यो किताब नेपालको सन्दर्भमा एउटा महत्वपूर्ण दस्तावेज हुने विश्वास गरिएको छ ।

किताब लेख्ने काम सकिएको छ । अहिले त्यसको सम्पादन तथा रिराइटिङ्को काम भइरहेको छ । त्यसमा नेताले पुरा समय दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप