
ट्र्याक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु

कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।
बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ