
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

खातामा पैसा नभएको चेक दिँदै ठगी गर्दै हिँड्ने एकजनालाई प्रहरी पक्राउ गरेको छ । बैंकिङ कसुरका फरार रहेका काठमाडौँ महानगरपालिका-१० बानेश्वर बस्ने ४९ वर्षीय कमल कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका सिंहले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा जग्गा/जमिन खरिद गर्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने भनी झुक्यानमा पारी लिएको रकममध्ये एकजनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्चात फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।
साथै सिंहले अर्का एकजना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रूपैयाँको बैंक चेक बाउन्स भई उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ