मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी दल विरुद्धको गठबन्धन हारको पराकाष्ठा : रायमाझी

शनिबार, १५ माघ २०७८, १५ : १३
शनिबार, १५ माघ २०७८

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षी दलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्दै एमाले विरुद्धको गठबन्धनले जित सुनिश्चित गरेको दाबी गरेका हुन् । ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौं ।’ रायमाझीले भने, ‘देश एमालेले नै रुपान्तरण गर्छ ।’

रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जनलाई पार्टी प्रवेश गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप