बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको सिन्डिकेट तोड्न आन्दोलनको आवश्यक : प्रभु साह

शनिबार, १५ माघ २०७८, १५ : ०४
शनिबार, १५ माघ २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले देशमा बढ्दो राजनीतिक संकटलाई रोक्न आन्दोलनको विकल्प नभएको बताएका छन् । नेता साहले सत्ता गठबन्धनको सिन्डिकेट तोड्न पनि सडक आन्दोलनको आवश्यकता भैसकेको बताए ।

शनिबार रौतहटमा एमाले देवाही गोनाही नगर सभालाई सम्बोधन गर्दै साहले सत्ता गठबन्धनको दबाबका कारण सरकारले निर्वाचनसम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको आरोप लगाए । उनले समयै निर्वाचन गराउनलाई दबाब दिन आन्दोलनको आवश्यक भएको बताए ।

पूर्व मन्त्री समेत रहेका साहले भने,‘सत्ता गठबन्धनले आफु अनुकूल निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अनेक हतकण्डा अपनाइरहेको छ ।’ चुनावका लागि निर्वाचन आयोगले सरकारलाई पटक पटक ध्यानाकर्षण गराइसक्दा पनि गठबन्धनकै दबाबका कारण सरकारले कुनै ठोस निर्णय लिन नसकेको उनको आरोप थियो ।

नगर सभा उद्घाटन सत्रमा  एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रिनाकुमारी साह,देवाही गोनाहीका उपमेयर परनियादेवी पटेल, एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरुले शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप