भैरव पुरस्कार व्यङ्ग्यकार लुइँटेललाई, प्रतिभा पुरस्कार भौकाजीलाई

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार प्राप्त कर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरेले बताए । त्यस्तै ५५ हजार ५ सय ५५ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्त कर्ताहरूको नाम छनौट गर्न गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेको समिति बनाएको थियो । कोभिड–१९ को कहर कम हुने बित्तिकै औपचारिक कार्यक्रम गरी यी पुरस्कारहरू प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित
-
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
-
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु
-
भारतले लगायो ‘द वायर’ लाई सूचना पहुँचमा रोक
-
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल