
भारतमा २ लाख ३५ हजारमा सङ्क्रमण पुष्टि, सङ्क्रमण दर घट्दै

भारतमा शुक्रबार २ लाख ३५ हजार ५३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस दौरान ३ लाख ३५ हजार सङ्क्रमित निको भएका छन् । त्यस्तै, थप ८७१ जनाले ज्यान पनि गुमाएका छन् ।
यसअघि बिहीबार देशमा २ लाख ५१ हजार २०९ जना सङ्क्रमित फेला परेका थिए भने ६२७ जनाले ज्यान गुमाएका थिए । अघिल्लो दिनको तुलनामा १५ हजार ६७७ जना कम सङ्क्रमित फेला परेका छन् । शुक्रबार सङ्क्रमण दर घटेर १३.३९ प्रतिशत पुगेको छ । बिहीबार यो दर १५.८८ प्रतिशत रहेको थियो ।
पछिल्ला ८ दिनदेखि भारतमा नयाँ सङ्क्रमितको सङ्ख्यामा लगातार गिरावट आइरहेको छ । हाल भारमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ४ हजार रहेको छ । भारतमा हालसम्म ४ करोड ८ लाख ५७ हजार ९२२ जना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३ करोड ८३ लाख ४९ हजार ५९ जना निको पनि भएका छन् । त्यस्तै, ४ लाख ९३ हजार १९५ जनाले ज्यान पनि गुमाएका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ