६ महिनामा ५२ करोडको सुनचाँदी गहना निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा नेपालबाट ५२ करोड ६६ लाख रुपैयाँ बराबरको सुनचाँदी गहना निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुस महिनाको तथ्याङ्कअनुसार उक्त मूल्य बराबरको सुनचाँदी गहना निर्यात भएको हो ।
यस अवधिमा ३४ करोड ४९ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । विभागले ४० हजार ३२८ ग्राम सुनका गहना निर्यात भएको जानकारी दिएको छ । यस्तै, सोही अवधिमा ७४ लाख ७० हजार ग्राम बराबरको १८ करोड १७ लाख रुपैयाँको चाँदीका गहना निर्यात भएको विभागले जानकारी दिएको छ ।
नेपालबाट अष्ट्रेलिया, हङकङ र अमेरिकामा सुनबाट बनेका गहना निर्यात हुने गरेको छ । चालू वर्षको ६ महिनामा अमेरिकामा सबैभन्दा बढी २९ करोड ४७ लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ । यस्तै, हङकङमा ४ करोड ३२ लाख रुपैयाँको र अष्ट्रेलियामा ७० लाख रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ ।
यसैगरी,चाँदीबाट बनेका गहना अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, क्यानडा, इजरायल, रोमानिया, पोर्चुगल, सिंगापुर, ताइवान र स्वीजरल्याण्ड लगायतका देशमा निर्यात हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण