शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ वैज्ञानिकले फेला पारेको ‘निओकोभ’ भाइरस मानिसका लागि कति खतरनाक ?

के भन्छ डब्लूएचओ ?
शनिबार, १५ माघ २०७८, १२ : २८
शनिबार, १५ माघ २०७८

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘निओकोभ’ भाइरसबारे थप अध्ययनको आवश्यकता रहेको बताएको छ । चीनका शोधकर्ताहरूले दक्षिण अफ्रिकाको चमेरामा यस नयाँ प्रकारको कोरोनाभाइरस पत्ता लगाएका थिए । हाल यो भाइरस केवल जनावरमा मात्र तीव्र रूपमा फैलिरहेको छ । अध्ययनमा शोधकर्ताहरूले भविष्यमा यो भाइरस मानिसका लागि खतरनाक हुनसक्ने चेतावनी दिएका छन् ।

कोरोनाभाइरस अलग–अलग प्रकारको भाइरसको एक समूहको हिस्सा हो जसले सामान्य रुघाखोकीदेखि गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या पैदा गर्न सक्छ । डब्लूएचओका अनुसार सो भाइरसबारे संगठनलाई जानकारी प्राप्त भएको तर यो भाइरस मानिसका लागि खतरनाक छ कि छैन भन्नेबारेबारे थप अध्ययनको आवश्यकता रहेको छ । ‘मानिसमा देखिएका सबै सङ्क्रामक रोगको ७५ प्रतिशत स्रोत जनावर नै रहेका छन् । विशेष गरेर जङ्गली जनावर यसको सबैभन्दा ठुलो स्रोत हो । कोरोनाभाइरस प्रायः जनावरमा पाइन्छ । यसमा चमेरा पनि सामेल छ । जसमा कयौँ भाइरसको प्राकृतिक भण्डार पाइन्छ,’  डब्लूएचओले शुक्रबार भनेको छ । विश्व स्वास्थ्य संगठनले यसबारे जानकारी साझा गरेकोमा चिनियाँ शोधकर्ताहरूलाई धन्यवाद पनि दिएका छन् ।

अध्ययनका अनुसार निओकोभ कोभिड–१९ जस्तै मानिसको कोशिकाहरूमा जोडिन सक्छ र मात्र थप एक म्युटेसनपछि निओकोभ मानिसका लागि खतरा बन्न सक्छ । यद्यपि यस अध्ययनको समीक्षा अझै गर्न बाँकी रहेको छ । शोधकर्ताहरूका अनुसार यो भाइरस मिडल इस्ट रेसपाइरेट्री सिन्ड्रोम (एमईआरएस–मर्स) सँग मेल खान्छ । यो भाइरल बिरामी सबैभन्दा पहिले साउदी अरबमा पाइएको थियो । मर्स–कोभ भाइरसको मृत्यु दर निकै बढी रहेको छ । यसमा हरेक तीन सङ्क्रामक व्यक्तिमध्ये एक जनाको मृत्यु हुन्छ । मर्स–कोभ भाइरसको लक्षण सार्स–कोभ–२ भाइरस जस्तै रहेको छ । यसमा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने हुन्छ । यो रोग सन् २०१२ मा पाइएको थियो । सन् २०१२ देखि २०१५ सम्म यो मध्य–पूर्वी देशमा यसको प्रकोप फैलिएको थियो । 

शोधकर्ताहरूले सार्स–कोभ–२ र मर्स कोभिडको खोपबाट प्राप्त प्रतिरोधात्मक क्षमता निओकोभमा असरदार नहुने पनि बताएका छन् । शोधकर्ताहरूका अनुसार सार्स–कोभ–२ मा अधिक म्युटेसनलाई मध्यनजर गर्दै यो भाइरसले एन्टिबडीसँग अनुकूलन गरेर मानिसलाई सङ्क्रमित गर्न सक्छ । 

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप