
सातामा १२ सयले घट्यो सुनको मूल्य

यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा १२ सयले मूल्य घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको थियो । जुन, यो साताको शुक्रबार १२ सयले घटेर ९२ हजार ६०० रुपैयाँमा आइपुगेको हो । साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेर कारोबार सुरु भएको थियो ।
यस्तै, सोमबार स्थिर रहँदै मंगलबार उकालो लागेको सुनको मूल्य बुधबार पनि बढ्यो । फेरि विहीबार र शुक्रबार फेरी ओरालो लाग्दै अन्तिम कारोबार दिन शुक्रबारसम्ममा ९२ हजार ६०० रुपैयाँमा आइपुगेको हो ।
यस्तै गत साताको शुक्रबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९२ हजार १०० रुपैयाँमा आइपुगेको छ । तेजाबी सुनको मूल्य पनि यो साता प्रतितोला १२ सयले घटेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ