संविधानअनुसार उपनिर्वाचन गराउन नसक्नु सत्ता गठबन्धनको असक्षमता हो : प्रभु साह

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले विभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताएका हुन् ।
संविधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र उपनिर्वाचन गराउनुपर्ने हो । तर, सरकार र निर्वाचन आयोगमा रहेकाहरु संविधान अनुसार उपनिर्वाचन गराउन नसक्ने असक्षमहरुको जमात भएको टिप्पणी उनले गरेका छन् ।
‘माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले जुन संविधान र कानूनको हावाला दिँदै सांसदलाई कारबाही गरे । सोही संविधान र कानुन अनुसार ६ महिनाभित्रमा उपनिर्वाचन गराउन डराएका छन् । सरकार र निर्वाचन आयोगका पदाधिकारी उपनिर्वाचन नगराउने षडयन्त्रमा लागेका छन्’ साहले भने ।
संविधान र कानूनको रक्षा गर्ने भन्नेहरु नै किन सोही संविधान र कानून अनुसार उपनिर्वाचन गराउँन नसकेका हुन् ? सरकार र निर्वाचन आयोगमा भएका पदाधिकारीले जनताको अधिकार खोसेको बताउँदै उनले ति ठाउँमा पुरै आपराधिहरुकै हालीमुहाली भएको टिप्पणी गरेका छन् ।
‘सरकार र निर्वाचन आयोगमा पुरै आपराधिहरुको हालीमुहाली छ । कानुन अनुसार उपनिर्वाचन गरेर जनताको अधिकार सुरक्षित गर्नुपर्छ । जनताले आफ्नो स्वविवेक प्रयोग गरेर आफ्नो प्रतिनिधि चुन्न पाउँनुपर्छ । तर यि आपराधिहरु उपनिर्वाचनबाट डराएका छन, त्यसैले उपनिर्वाचन गराउँदैनन उनीहरु’ साहले भने ।
मधेस प्रदेशको धनुषा जिल्लाको विदेह नगरपालिका, धनुषाधाम नगरपालिका, शहीद नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका लगायतका बिभिन्न पालिकाका बिभिन्न गाउँबस्तीमा पुगेर साहले एमाले नेताकार्यकर्तासंग भेटघाट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान