बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धरानमा कोरोना सङ्क्रमितको मृत्यु

शनिबार, १५ माघ २०७८, ११ : ११
शनिबार, १५ माघ २०७८

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–९ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

१४ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएको उनको १५ गते बिहान १ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालको भनाइ छ । कोरोनाविरुद्धको खोप लगाएका उनमा डाइबिटिजको रोग पनि रहेको थियो । उनको शवको व्यवस्थापन नियमानुसार गरिने पोखरेलले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप